Busca entre varios profesores de Inglés...

#8 सिंह र खरायो ( The lion and the Rabbit)
Descripción
कुनै ठाउँमा एउटा ठूलो वन थियो । वनमा बाघ, सिंह, भालु, हात्ती, गैंडा, खरायो, जरायो, बाँदर आदि थिए । सिंहचाहिँ वनको राजा थियो । सिंहले मनपरी ढङ्गले वनका जनावर मारेर खान्थ्यो ।
एकदिन सबै जनावर एकै ठाउँमा भेला भए । सिंहको आहारा हुन पालैपालो जाने सल्लाह भयो । यो कुरो जनावरहरुले सिंहलाई पनि भने । सिंह पनि दिनदिनै सिकारको खोजीमा जानुनपर्दा खुसी भयो ।
जनावरहरु आ-आफ्ना पालामा सिंहको आहारा हुन जान थाले । एकदिन एउटा खरायोको पालो आयो । “मर्नका लागि किन छिटो जाने ?” भनेर खरायो सिंहकहाँ ढिलो गयो ।
अबेरसम्म केही खान नपाउँदा सिंहलाई खुब भोक लागेको थियो । उसलाई जनावरदेखि निकै रिस उठेको थियो । उसले खरायोलाई देख्नासाथ गर्जेर सोध्यो, “किन यति ढिलो आइस् ?”
खरायोले नरम भएर भन्यो, “महाराज! मलाई हजुरजस्तै सिंहले बाटामा समायो । उसले मलाई खान लागेको थियो । मैले ऊसँग हजुरकहाँ भेट गरेर आउने बाचा गरेँ । अनि मात्र म यहाँ आउन सकेँ ।”
सिंहले अझै गर्जेर भन्यो, “मेरो राज्यमा अर्को सिंह कसरी आयो ? त्यो कहाँ छ, मलाई देखाइहाल् । म त्यसलाई जिउँदो छोड्दिनँ ।”
खरायोले “जो हुकुम महाराज” भनेर सिंहलाई आफू आएको बाटो लिएर गयो । खरायोले सिंहलाई एउटा इनार देखायो । उसले सिंहलाई भन्यो, “महाराज! त्यो यही इनारमा लुकेको छ ।”
सिंहले इनारभित्र हेर्यो । उसले इनारमा अर्को सिंह देख्यो । उसलाई त्यो सिंह देखेर रिस उठ्यो । सिंह त्यसलाई मार्न इनारमा हाम फाल्यो । मुर्ख सिंहले आफ्नै छाया पनि चिनेन । ऊ इनारमा डुब्यो ।
जनावरहरुलाई अब सिंहको डर भएन । उनीहरु रमाएर बाँच्न पाउने भए । सबैले खरायोलाई स्याबासी दिए ।
हाम्रो कथा सकियो ।
अनि हामीले यो कथा बाट के सिक्नुपर्छ भने- सधैं बलले मात्र जितिँदैन , बुद्धिले पनि काम लिनुपर्छ।
हामीले सुनेको सिंह र खरायोको कथा आशा छ तपाईंलाई मन पर्यो होला। सुनिदिनुभएकोमा धन्यवाद l
Canal de podcast
SIMPLE AND SHORT STORIES IN NEPALI
Autor
Todos los episodios

요즘에 피부가 당겨. 뭐 좋은 방법 없을까? 皮肤也很绷。有什么好方法吗?

The weather

Learn Three Sentences a Day:Day25

La leyenda del Chpacrabras

Tip 74 - Speak from Your Core: How the Solar Plexus Chakra Empowers Language Learning

我的宠物压力很大! My pet is stressed out!

Ayr Flower Show (with transcript)

To Scare the Living Daylights Out of Someone (with transcript)
Episodios populares

[YOON] 1분 한국어
요즘에 피부가 당겨. 뭐 좋은 방법 없을까? 皮肤也很绷。有什么好方法吗?

Spanish Reading Comprehesion
The weather

Master Mandarin Daily : Learn Three Sentences a Day!
Learn Three Sentences a Day:Day25

Día de Muertos
La leyenda del Chpacrabras

💃🏻111 Tips for Learning a Language
Tip 74 - Speak from Your Core: How the Solar Plexus Chakra Empowers Language Learning

Chillchat (Learn Chinese and Chill)
我的宠物压力很大! My pet is stressed out!

Teacher Joseph's Podcast
Ayr Flower Show (with transcript)

Teacher Joseph's Podcast
To Scare the Living Daylights Out of Someone (with transcript)