尋找適合你的 英語 教師……

#8 सिंह र खरायो ( The lion and the Rabbit)
說明
कुनै ठाउँमा एउटा ठूलो वन थियो । वनमा बाघ, सिंह, भालु, हात्ती, गैंडा, खरायो, जरायो, बाँदर आदि थिए । सिंहचाहिँ वनको राजा थियो । सिंहले मनपरी ढङ्गले वनका जनावर मारेर खान्थ्यो ।
एकदिन सबै जनावर एकै ठाउँमा भेला भए । सिंहको आहारा हुन पालैपालो जाने सल्लाह भयो । यो कुरो जनावरहरुले सिंहलाई पनि भने । सिंह पनि दिनदिनै सिकारको खोजीमा जानुनपर्दा खुसी भयो ।
जनावरहरु आ-आफ्ना पालामा सिंहको आहारा हुन जान थाले । एकदिन एउटा खरायोको पालो आयो । “मर्नका लागि किन छिटो जाने ?” भनेर खरायो सिंहकहाँ ढिलो गयो ।
अबेरसम्म केही खान नपाउँदा सिंहलाई खुब भोक लागेको थियो । उसलाई जनावरदेखि निकै रिस उठेको थियो । उसले खरायोलाई देख्नासाथ गर्जेर सोध्यो, “किन यति ढिलो आइस् ?”
खरायोले नरम भएर भन्यो, “महाराज! मलाई हजुरजस्तै सिंहले बाटामा समायो । उसले मलाई खान लागेको थियो । मैले ऊसँग हजुरकहाँ भेट गरेर आउने बाचा गरेँ । अनि मात्र म यहाँ आउन सकेँ ।”
सिंहले अझै गर्जेर भन्यो, “मेरो राज्यमा अर्को सिंह कसरी आयो ? त्यो कहाँ छ, मलाई देखाइहाल् । म त्यसलाई जिउँदो छोड्दिनँ ।”
खरायोले “जो हुकुम महाराज” भनेर सिंहलाई आफू आएको बाटो लिएर गयो । खरायोले सिंहलाई एउटा इनार देखायो । उसले सिंहलाई भन्यो, “महाराज! त्यो यही इनारमा लुकेको छ ।”
सिंहले इनारभित्र हेर्यो । उसले इनारमा अर्को सिंह देख्यो । उसलाई त्यो सिंह देखेर रिस उठ्यो । सिंह त्यसलाई मार्न इनारमा हाम फाल्यो । मुर्ख सिंहले आफ्नै छाया पनि चिनेन । ऊ इनारमा डुब्यो ।
जनावरहरुलाई अब सिंहको डर भएन । उनीहरु रमाएर बाँच्न पाउने भए । सबैले खरायोलाई स्याबासी दिए ।
हाम्रो कथा सकियो ।
अनि हामीले यो कथा बाट के सिक्नुपर्छ भने- सधैं बलले मात्र जितिँदैन , बुद्धिले पनि काम लिनुपर्छ।
हामीले सुनेको सिंह र खरायोको कथा आशा छ तपाईंलाई मन पर्यो होला। सुनिदिनुभएकोमा धन्यवाद l
Podcast 頻道
SIMPLE AND SHORT STORIES IN NEPALI
創作者
Podcast全集

✔Saludos y despedidas en español para principiantes🎧

HSK 四 歌曲:《月亮代表我的心》

Episodio 2

LOS SANTUARIOS DE LA MARIPOSA MONARCA.

Выпуск 21. Зимнее настроение

Ep. 3 - Pronunciación letra R | How to pronounce the R in Spanish

HSK 六 《一个人待会儿,挺好》

İSTANBUL (Giriş)
熱門集數

Los países Hispanohablantes
✔Saludos y despedidas en español para principiantes🎧

Merry's voice (HSK四)
HSK 四 歌曲:《月亮代表我的心》

Conversaciones entre el gringo y el colombiano
Episodio 2

Spanish México
LOS SANTUARIOS DE LA MARIPOSA MONARCA.

Speak fluent Russian B1-B2
Выпуск 21. Зимнее настроение

Valen en Español
Ep. 3 - Pronunciación letra R | How to pronounce the R in Spanish

Merry's voice (HSK六)
HSK 六 《一个人待会儿,挺好》

Entelektüel Türkçe
İSTANBUL (Giriş)